Comments Add Comment

Advertisment

SKIP THIS

रूम्जाटारमा सेनाले बनाइदियो ऐतिहासिक संग्रहालय

 

सिद्धिचरण नगरपालिका–४ स्थित रूम्जाटारमा नेपाली सेनाले ऐतिहासिक संग्रहालय निर्माण गरेको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बेला प्रयोग गरेका हतियार तथा अन्य पुरातात्विक सामग्रीहरु संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको शीघ्र प्रभाव आयोजना अन्तर्गतको बजेटबाट २० लाख लगानी गरि संग्रहालय निर्माण गरेको हो ।

सेनाको १८ नं. बाहिनीपति सहायक रथी सन्तोषराज पाण्डेले शुक्रबार संग्रहालयको उद्घाटन गरे । उनले संग्रहालय सिद्धिचरण नगरपालिकालाई बरबुझारथ गरेका छन् ।

अरिदमन गणको नेतृत्वमा संग्रहालय निर्माण भएको हो । संग्रहालयमा बन्दुक, तरबार, खुँडा, भाला जस्ता पुराना ऐतिहासिक हातहतियारहरु स्थानीयबासीसँग संकलन गरि राखिएको छ ।

ओखलढुंगाको ऐतिहासिकतासँगै प्राचीन संस्कृति परम्परासँग जोडिएको विभिन्न सामाग्रीहरुको साथमा भेषभूषा समेत संग्रहालयमा राखिएको छ ।

ढकन, तुलो, चिलिम डन्डी, सास्त्री (फोरेसो), ढाँडु, जाँतो, टुकी, धिप्रि, कपडा बुन्ने तानदेखि राँटा (चर्खा), ढडिया (ढोक्सा) जस्ता दर्जनौ प्रकारका लोपोन्मुख सामाग्री समेत राखिएको छ ।

समग्रमा ओखलढुंगा जिल्लाको इतिहास, किरातकाल, शाहकाल, गढीहरुको साथमा जातजाति भेषभूषा, साहित्य सबैथोक बुझ्न संग्रहालयले सहयोग गर्ने सेनाले जनाएको छ । संग्रहालय उद्घाटनसँगै सिद्धिचरण नगरपालिकालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले तत्कालै संग्रहालय सञ्चालन कार्यविधि निर्माण गरि यसलाई औपचारिक रुपमा सञ्चालन गर्ने बताए ।

‘संग्रहालयलाई थप व्यवस्थित, नियमित र वृहत बनाई सर्वसाधारणका लागि सञ्चालनमा ल्याउन कार्यविधि बनाइनेछ,’ प्रमुख खनालले भने, ‘त्यतिन्जेललाई सेनाकै जिम्मामा व्यवस्थापनको लागि अनुरोध गरेको छु ।

’ नेपाली सेनाले करिब तीन महिनाकै अवधिमा संग्रहालय निर्माण सम्पन्न गरेको हो । अरिदमन गणका प्रमुख सेनानी इमेश मेहर श्रेष्ठको नेतृत्वमा संग्रहालय निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै