Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले प्रियंका सुनवारको हत्याको आरोपमा उनकै श्रमान सहित चार जनालाई पक्राउ

विराटनगर , मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ।

विराटनगर-१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा-२ पुर्‍याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

२९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घाँटी थिचेर हत्या गरेको र सहयोगीहरूको साथ लिएर शव बोरामा हालेको पाइएको प्रहरी भनाइ छ। प्रहरीले सहयोग गरेको आरोप लागेका मोरङ कटहरी-५ का ६२ वर्षका रमानन्द राम, घरधनी चौधरीसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले प्रियङ्काका श्रीमान रमेश साहलाई पक्राउ गरिसकेको छ । यस्तै कटहरी गाउँपालिका ५ का रमानन्द राम र कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रमानन्दले शव व्यवस्थापनको लागि एम्बुलेन्स खोजेको प्रहरीको दाबी छ । प्रिंयकाको शव मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोराभित्र भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको छ । प्रारम्भिक चरणको अनुसन्धानबाट पारिवारिक कारणले हत्या भएको देखिएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

प्रियङ्काको हत्या आइतबार दिउँसो २ देखि ३ बजेको बीचमा भएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन् । शव भेटिएको घरधनी चौधरी र रमानन्द पहिला देखिको चिनजान रहेको थियो । त्यही भएर रमानन्दको माध्यमबाट रमेशले मोटरसाइकलमा हालेर श्रीमती प्रियंकालाई लिएर गएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन् ।

स्थानीयवासी तथा जनप्रतिनिधि मिना विश्वासले घटनाको बारेमा जानकारी दिएअनुसार आइतबार उक्त घरमा दुई जना युवाहरू आएका थिए । केही समयपछि चौधरीसँग चिनजान भएका अर्का एक व्यक्तिले मोटरसाइकलमा राखेर महिलालाई त्यहाँसम्म ल्याएर छोडेका थिए । महिलालाई लिएर आएका व्यक्ति र घरधनी चौधरी घर बाहिर निस्केपछि दुई जना केटा र महिला घरमा थिए ।

एक घण्टापछि चौधरी घरमा आउँदा दुई जना केटाहरू मात्रै भेटिएका थिए । उनीहरू त्यसपछि गएपनि महिलालाई चौधरीले नभेटाएको दाबी गर्दै आएका छन् । तर, चौधरीको घर परिसरमै रहेको ग्वालीमा थुपारिएको पराल र भुसको थुप्रो भित्र बोरामा हालेको अवस्थामा महिलाको शव सोमबार फेला परेको हो । महिलाको घाँटीमा नीलडाम र कानमा चोट लागेको छ । मृतकको शव पोस्टमार्टमको लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै