Comments Add Comment

Advertisment

SKIP THIS

धुम्बाराहीको सन्देश बोकेर देउवा बालुवाटार पुगे

१० फागुन , काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का नेताहरुसँग छलफल गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीबाट बालुवाटार पुगेका छन् ।

बुधबार सभापति देउवा धुम्बाराहीमा एकीकृत समाजवादीका नेतासँग भेटवार्ता सकेर उक्त सन्देश बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनबारे छलफलका लागि एकीकृत समाजवादीवका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल सभापति देउवाको निवास पुगेका थिए ।

बैठकमा कांग्रेसबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment