Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरबाट प्रहरीले अवैध रुपमा ल्याइएको दश लाख बढीको औषधि बरामद

कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको रु १० लाख २१ हजार चार सय बराबरको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले सेगोप्लेक्स आठ सय १० थान, बोनभिटा एक हजार थान र न्युरोक्याक्स एक हजार ८० थान औषधिको पत्ता बरामद गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बरामद औषधिलाई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै