काठमाडाैं | चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेश राज तामाङसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ थान बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
केही समयदेखि सो क्षेत्रमा जुवातास खेलाउने गिरोह सक्रिय रहेको विशेष सूचनाका आधारमा प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको प्रहरी कार्यालय बलम्बुले जनाएको छ ।






