राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित “बिशिष्ट ब्यक्तिको सुरक्षा (सि.प्र.अ.)” तालिम ६३ औं समूहको आज मिति २०७९ फागुन १६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक सहकुल बहादुर थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथिले निर्देशन सम्बोधनको क्रममा मुलुकको शान्ति सुरक्षाको बिषयमा नेपाल प्रहरी सदैव संबेदनशील रहने गरेको कुरा उल्लेख गर्दै प्रशिक्षणमा सिकेका अति-बिशिष्ट र बिशिष्ट ब्यक्तिहरुको सुरक्षामा अपनाउनु पर्ने ज्ञान, सीप र कौशल व्यवसायीक जिवनमा पुर्ण रुपमा लागु गर्न र आ-आफ्नो कार्य क्षेत्रमा गई सैद्वान्तिक र व्याबहारिक तवरले आफ्ना मातहतका प्रहरी कर्मचारीहरुलाई पनि सिकाउनु हुन निर्देशन दिनुको साथै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

उक्त समापन समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक यादव ढकालले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । २४ कार्य दिन अवधिको “बिशिष्ट ब्यक्तिको सुरक्षा (सि.प्र.अ.)” तालिम ६३ औं समूहमा २४ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।




