Comments Add Comment

Advertisment

SKIP THIS

सोबिताको प्रष्टीकरण -‘समर्थन कायम राखेर हामीले ढोक्सा थापेका होइनौँ’ (भिडियो)

१८ फागुन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले बदलिदो सत्ता गठबन्धनबाट बनेको वर्तमान सरकारप्रति नरम बनेर ढोक्सा नथापेको स्पटीकरण दिएकी छन् ।

आम रुपमा (रास्वपा) सरकारमा पुन फर्किने दाउका साथै सभापति रवि लामिछानेले अनुकुलता खोजिरहेको कारण सत्ताभन्दा बाहिर जान नचाहेको भन्दै टिप्पणी भइरहेको बेला सांसद गौतमले उक्त प्रष्टीकरण दिएकी हुन् ।

न्यूज २४ सँगको कुराकानीमा सांसद गौतमले अहिलेसम्म कुनै पनि गठबन्धनको स्पष्ट संकल्प नआइसकेकाले आफूहरु अध्ययन र छलफलकै क्रममा रहेको बताइन् ।

स्थायी सरकार बन्ने स्थितिमा भने रास्वपाले सरकार छाड्ने वा नछाड्ने भनेर कित्ताकाट गर्ने अवस्था आउने उनले उल्लेख गरिन् ।

‘स्थायी सरकार बन्दै गर्दा हामीले कित्ता काट गर्नै पर्छ । पक्षमा बस्ने वा प्रतिपक्षमा बस्ने भन्ने कुरा हामीले निर्णय गनुपर्छ । तर त्यो सरकार कस्को बन्छ को प्रधानमन्त्री बन्दैछ को राष्ट्रपति बन्दैछ । त्यो साँचो अर्थमा मन्थन र विश्लेषण गर्न पाउनु पर्यो,’ उनले भनिन् ।

गठबन्धन दलहरुको अहिलेको बाचा पत्याउने अवस्था नरहेको उनले बताइन् । खासगरी अहिले राष्ट्रपतिमा दुई पात्र रहेकामा दुवै प्रतिस्पर्धा होला वा नहोला भन्नेमा अस्पष्ट रहेकाले सरकारको समर्थन अहिले फिर्ता नलिएको उनको भनाइ छ ।

‘कुन बाचा सत्य हुन र कुन बाचा झुटा हुन भन्ने कुरा छुट्याउने अवस्था छैन,’ उनले भनिन्, ‘जुन दिन बाचा यही हो भनेर निर्क्यौल हुन्छ । त्यही दिन रास्वपाले के गर्ने भनेर निर्णय गर्छ।’

सांसद गौतमले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अस्थिरताको कारण बन्न नचाहेको पनि स्पष्ट पारिन् । सोही कारण आफूहरुले सरकारलाई दिएको समर्थन कायमै राखेको उनको भनाइ छ ।

‘हामी सरकारमा रहदा तत्कालीन गठबन्धनमा समस्या आइसकेको थियो । त्यो बेला हामीले समर्थन फिर्ता लिएको भए प्रधानमन्त्री ज्यूले विश्वासको मत लिनु नै पर्दथ्यो,’ उनले भनिन्, ‘त्यो हामीबाटै सुरु हुन्थ्यो । त्यसकारण हामी अस्थिरताको कारण बन्न चाहँदैन थियौँ।’

(भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment