रुपन्देही / ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलिले २ के.जी. ५०० ग्राम लागुऔषध (चरेस ) सहित एक जना महिलालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त लागुऔषध चरेस सहित बाग्लुङ जिल्ला हाल निसिखोला गाउँपालिका वडा नं. ६ वस्ने बर्ष ३६ की लालसरा घर्ति मगरलाई पक्राउ गरेको रूपन्देही जिल्लाका एसपी भरत बि.कले बताएका छन् ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १ वेलहिया बसपार्क स्थित उत्तरबाट दक्षिणतर्फ शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले बाग्लुङ जिल्ला साविक निसि ७ स्थायी घर भई हाल निसिखोला गाउँपालिका वडा नं. ६ वस्ने बर्ष ३६ की लालसरा घर्ति मगरलाई ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोधपुछ तथा उनको शरिर समेत खानतलासी गर्दा लागु औषध (चरेस) जस्तो देखिने गाँजाको जस्तो गन्ध आउने गिलो पदार्थ तौल गर्दा २ के.जी. ५०० ग्राम फेला पारी बरामद गरी पक्राउ गरेको थियो ।

पक्राउ परेकी लालसरा घर्ति मगर विरुद्ध जिल्ला अदालत रूपन्देहीबाट पक्राउ मितिबाटै लागु हुने गरी लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको एसपी बिकले बताएका छन् ।


