Comments Add Comment

Advertisment

SKIP THIS

धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित

२८ फागुन , काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत साविक धौलागिरी अञ्चलको एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ ।

विद्यार्थी परिचयपत्रको वितरणमा त्रुटि भएको भन्दै बामपंथी विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको प्रयोजनका लागि छुट्टै परिचयपत्र जारी गर्नुपर्ने भन्दै फागुन २५ गते बिहीबार साँझ ५ बजे एक वक्तव्य जारी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारको मनोनयन निर्वाचन कार्यतालिका अनुसार हुन नसक्दा निर्वाचन नै अनिश्चित बनेको हो ।

विश्वविद्यालयद्वारा जारी गरिएको स्ववियु निर्वाचन कार्यतालिका अनुसार फाल्गुन १९ गते संगठन दर्ता देखि चैत ५ गते मतदानको मितिसम्म मनोनयन दर्ता र मतदानको मिति हेरफेर गर्न नसकिने उल्लेख छ ।

क्याम्पसमा २७ गतेको उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दीका कारण हुन सकेको छैन ।

३ दिन बितिसक्दा समेत खुलेन तालाबन्दी

क्याम्पस प्रशासनद्वारा जारी गरिएका विद्यार्थी परिचयपत्रमा लापरबाही भएको भन्दै वामपन्थी विद्यार्थी संगठनद्वारा निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको तालाबन्दी ३ दिन बितिसक्दा समेत खुल्न सकेको छैन ।

स्ववियु निर्वाचनका लागि छुट्टै परिचयपत्र जारी गर्ने मागसहित अनेरास्ववियुका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष खिमानन्द कँडेल विकास, अखिल क्रान्तिकारी बहुमतका इकाइ अध्यक्ष दिवश खड्का, अखिल क्रान्तिकारीका विप्लव इकाइ अध्यक्ष सुधन विक र अखिल संयुक्त प्यानलका प्रविण सापकोटा द्वारा एक विज्ञप्ति जारी गर्दै फाल्गुन २५ गते निर्वाचन अधिकृतको कार्यकक्षमा तालाबन्दी जारी गरेका थिए । निर्वाचनको पुर्व सन्ध्यामा अधिकृत कै कार्यालयमा तालाबन्दी हुँदा निर्वाचन नै नहुने अवस्था सृजना भएको छ ।

अछापे सुचना जारी गर्न बाध्य निर्वाचन अधिकृत

हिजो शनिबार दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने समय थियो तर आफ्नै कार्यालयमा तालाबन्दी हुँदा निर्वाचन अधिकृतले अछापे सुचना जारी गर्दै पटकपटक मिति सार्न बाध्य भएका छन । निर्वाचन अधिकृतको छाप र लेटरप्याड कार्यालयमा थुनिएपछि अछापे सुचना मार्फत ३ पटक मिति सारिएको छ ।

के भन्छ क्याम्पस प्रशासन ?

स्ववियु निर्वाचन र तालाबन्दीको विषयमा क्याम्पस प्रशासन भने तालाबन्दी खोल्नका लागि सहमतिको प्रयास गरिरहेको जनाएको छ ।

केन्द्रको निर्देशन अनुसार उम्मेदवार मनोनयन दर्ताको मिति सकिएपनि अन्तिम नामावली प्रकाशन सम्म सर्वसम्मतको प्रयास र पहल भएमा निर्वाचन गर्न सकिने सम्भावना रहेको क्याम्पस प्रमुख प्राध्यापक डा. राम प्रसाद उपाध्यायले बताए।

‘हामी केन्द्र सँग नियमित सम्पर्क र समन्वयमा छौँ, बागलुङको अवस्थाको बारेमा केन्द्रलाई जानकारी छ, केन्द्रको सल्लाह अनुसार मिति थपिएको हो,’ प्रमुख उपाध्यायले भने, ‘स्ववियुको संरक्षकको हैसियतले अन्तिम अवस्थासम्म सहमतिको प्रयास गर्छौं।’

धौलागिरी क्षेत्रका ४ जिल्लाको शैक्षिक धरोहर मानिएको त्रिभुवन विश्व विद्यालयको एकमात्र आंगीक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि कुल १ हजार ७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै