Comments Add Comment

Advertisment

SKIP THIS

एआईजी पदमा बढुवा भएका पाँच जनालाई आईजीपी धिरज सिंहले फुलि लगाइदिए

काठमाडौं । नेपाल प्रहरीमा हालै बढुवा भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले दर्ज्यानी चिह्न लगाएका छन्।

यहि सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीलाई प्रहरी महानिरीक्षक सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै