मकवानपुर । हेटौडा जिल्ला उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट सोमबार करीब १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।
बाग्मती प्रदेश ०१-०२५च ५२३० नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट नम्बर सशस्त्र प्रहरी १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

साथै उक्त गणले सोही स्थानबाट करीव ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोबाइल कभर, टेम्पर ग्लास लगायतका सामान नियन्त्रणमा लिएको हो ।
बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको जनाइएको छ ।




