Comments Add Comment

रुपन्देही प्रहरीको सक्रियता : विभिन्न मुद्दाका फरार प्रतिवादीहरू धमाधम पक्राउ गर्दै प्रहरी

रुपन्देही , एसपी भरत वि.क.ले गत माघ २७ गते देखि रुपन्देही प्रहरी प्रमुखको कमाण्ड सम्हाले सङै विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्न थालेको छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कर्मचारीहरु जिल्लामा शान्तिसुरक्षा नियन्त्रण तथा अपराध गतिविधि न्यूनीकरण गर्नेलाई दिनरात नभनी ओहोरात्र खटिरहेका छन् भने त्यस्को अलावा जघन्य अपराधका कसुरदारलाई नियन्त्रणमा लिन सक्रिय हुँदै आएका छन् ।

रुपन्देहीको जिम्मेवारी सम्हाले सङै एसपी भरत वि.क.ले विभिन्न जटिल परिस्थितका बाबजुद पनि जिल्लामा शान्ति सुरक्षा कायम मात्रै राखेनन् की प्रहरीको मनोबल बढाउने, जनतासँग प्रहरीलाई कसरी नजिक लैजाने र प्रहरी कार्यालयको व्यवस्थापनमा समेत उदाहरणीय काम गरेका छन् ।

रुपन्देही जिल्लालाई स्वच्छ, पारदर्शी एवं भयरहित बनाउने उद्देश्यका साथ समाजमा हुने र हुँदै गरेका लागूऔषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी जस्ता अपराधी गतिविधिलाइ नियन्त्रण लिन त उनलेे विशेष अप्रेसन नै सञ्चालनमा ल्याएका छन् ।

रुपन्देही प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको टोलीले विभिन्न अपराधमा संलग्न प्रतिवादीहरूलाई उनीहरूको घर वतनमा फेला पारी पक्राउ गरेको छ ।

रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।्

उनीहरु विभिन्न मुद्दाका १७ महिना १६ दिन कैद र १ लाख ७४ हजार १ सय ५३ रुपियाँ जरिवाना सजाय ठहर व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै