Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरको बेलौरीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १ ग्राम ४८ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । सुपप्र.०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै