Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं ,लागुऔषध सेवन गरी सवारीसाधन चलाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुरको जगातीबाट शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार बेलुकी २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो।

बा २ क ६३४५ नम्बरको टिपरका चालक स्याङ्जाको गल्याङ नगरपालिका ९ का २९ वर्षीय कुसुम थापा, बा २ क ६३४४ नम्बरको टिपरका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ भुस्कोटका २८ वर्षीय ताराबहादुर तामाङ र ना २८ प ६३३३ नम्बरको मोटरसाइकलका चालक तार्केश्‍वर नगरपालिका ५ गोलढुंगा बस्ने ३० वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको छ। उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै