Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको ईमाडोलबाट लागूऔषधसहित प्रहरीले २ जना महिलालाई पक्राउ

ललितपुर । महालक्ष्मी नगरपालिका-६ ईमाडोल सितल हाईटबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । दोलखा विभु घर भई ललितपुर सितल हाईट बस्ने ४५ वर्षीय पेम्बा शेर्पा र बिमला थापा क्षेत्रीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गाँजा ३ किलो र नगद १ लाख १३ हजार रूपैयाँसहित उनीहरुलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.६ सितलहाईट स्थितमा रहेको पेम्बा शेर्पाले संचालन गरेको शेर्पा कटेज एण्ड रेस्टुरेन्टमा लागु औषधको कारोबार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा ललितपुर प्रहरीले छापामारको हो ।

प्रहरीले महालक्ष्मी नगरपालिका वडा नं ६ सितलहाईट स्थित कृष्ण महर्जनको जग्गा जिल्लादोलखा बिगु ७ घर भएकी बर्ष ४५ की पेम्बा शेर्पाले भाडामा लिई टहरा निर्माण गरी र पश्चिम दक्षिणमा रहेको टहरामा बस्ने मकवानपुर जिल्ला फापरबारी घर भई हाल ललितलपुर जिल्ला महालक्ष्मीनगरपालिका वडा नं ६ बस्ने बर्ष ३५ की बिमला थापा क्षेत्री तथा पेम्बा शेर्पा बस्ने सुत्ने कोठा भित्र रहेको बक्सपलङको बक्सा भित्र बिक्री बितरणको गर्नको लागी तयारी अवस्थामा राखेको अबैध लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्याक गरेको ८३ वटा कागजको पोका साथै बिमला थापा क्षेत्री सुत्ने ओछ्यान माथी राखिएको प्लास्टिकको झोला भित्र गाँजा जस्तो देखिने पदार्थ रहेको ४७ वटा पोका गरी जम्मा १३० पोकामा ६ के.जि.६०० ग्राम लागु औषध गाँजा जस्तो देखिने पदार्थ र निजहरुको साथबाट रु. १,१४,२३० (अक्षेरुपी एकलाख चौध हजार दुई सय तिस रुपैया) र स्यामसुङ मोबाईल थान १ बरामद गरी उनीहरूलाई प्रहरी पक्राउ गरी लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै