Comments Add Comment

Advertisment

SKIP THIS

निरा हत्यामा प्रयोग भएको छुरा भेटिएन, खोलामा फ्याँकेको आरोपीको बयान

१७ वैशाख , काठमाडौ । कपनको सरस्वतीनगरमा ७ वैशाखमा छुरा प्रहार गरेर निरा पाण्डे आचार्य ९निरु० को हत्या भयो ।

प्रहरीले शनिबार राति १० बजे झापाको बिर्तामोडबाट हत्यामा संलग्न रहेको आरोपमा विनोद बिकलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा खोला नजिकै रहेको पिज्जा हब रेष्टुरेन्टबाट रगत लत्पतिएको सर्ट र बिकले हत्याका बेला बोकेको झोला प्रहरीले बरामद गरेको छ ।

घटनास्थल आसपासमा रहेका क्लोज सर्किट (सीसी) क्यामरामा देखिएको फुटेजका आधारमा पहिचान गरिएका बिकले घटना भएका बेला त्यही सर्ट र झोला बोकेको प्रहरीले बताएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पत्रकार सम्मेलन गरेर बिकलाई सार्वजनिक गर्दा झोला र सर्टको तस्वीर पनि सार्वजनिक गरेको छ ।

तर, हत्यामा प्रयोग भएको भनिएको छुराबारे प्रहरीले केही बताएको छैन । ब्यूरो पुगेका निराका केही आफन्तले छुरा कहाँ छ भन्दै प्रश्न गरेका थिए ।

एक अनुसन्धान अधिकृतका अनुसार बिक ७ वैशाखको दिन अपराह्न २ः३३र३४ बजेतिर निरु किचनमा प्रवेश गरेका थिए । त्यसअघि पनि आक्रमण गर्ने उद्देश्यले गएपनि छोरी चिया लिएर गएका कारण उनी पैसा निकाल्ने बहाना बनाएर निस्किएको ब्यूरोका एसएसपी दिनेश आचार्य बताउँछन् ।

प्रहरीका अनुसार दोस्रो पटक आएका बेला एक्लै देखेपछि पछाडिबाट बिकले निरालाई मुड्कीले हानेर आक्रमण गरेका थिए ।

तर, प्रतिकार गर्न खोजेपछि पसलमै रहेको छुरा निकालेर प्रहार गरेको उनको बयान छ । ‘कराउन थालेपछि घाँटीमा अनि पेटमा पटकपटक छुराले हानेँ’, बिकको बयान उधृत गर्दै प्रहरी स्रोत भन्छ, ‘बाहिर थाहा हुने भयो भनेपछि छुरा हानेको थिएँ ।’

त्यो छुरा आफूले लिएरै गएको र मनोहरा खोलामा फ्याँकेको उनको बयान रहेको प्रहरीले जनाएको छ । ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० किरण बज्राचार्य भन्छिन्, ‘छुराको विषयमा पनि उनले केही बताएका छन्, त्यसलाई भेरिफाइ गर्ने काम अब सुरु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै