Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गएर गरेको उपचारको सम्पूर्ण खर्च आफैं व्यहोर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा गएर गरेको उपचारको सम्पूर्ण खर्च आफैं व्यहोर्ने बताएका छन्।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक वक्तव्य जारी गरी पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सहरुको सल्लाहमा दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराएको र उक्त उपचार खर्च सरकारको कोषबाट नभई पौडेल आफैंले व्यहोर्ने जनाएका छन्।

यसअघि विशिष्ट व्यक्तिहरुको उपचार खर्च सरकारले व्यहारेको भन्दै आलोचना हुँदै आएको छ। राष्ट्रपति पौडेल पनि दिल्ली उपचारका लागि गएपछि विभिन्न टीकाटिप्पणी भएको थियो। पौडेल दिल्लीमा उपचार सकेर आइतबार राति काठमाडौ फर्केका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै