Comments Add Comment

Advertisment

SKIP THIS

ठूला नेता भ्रष्ट नभई सानाले हिम्मत गर्दैनन् : गोविन्द केसी

३० वैशाख , काठमाडौ । डा. गोविन्द केसीले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्। नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा बोल्दै केसीले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका हुन्।

सरकारले शीर्ष नेताहरूको पनि छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्नेमा जोड दिए। ठूला नेता भ्रष्ट नभई साना तहका नेताहरूले भ्रष्टाचार गर्न हिम्मत नगर्ने उनको तर्क छ।

‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ। शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरूलाई कारबाही हुुनपर्छ। देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ। शीर्ष नेता भ्रष्ट नभईकन ऊभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ,’ केसीले भने।

उनले कुनै पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको दाबी गर्दै माओवादीले भ्रष्टाचारमा भाग नपुगेकाले अहिलेको प्रकरण बाहिर ल्याएको हुन सक्ने आशंका व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै