ललितपुर प्रहरीले गैंडाको खाग ओखेटोपहार खरिदबिक्री गरेको आरोपमा आज ३ जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–४ स्टिल टावर चोकनजिक गैंडाको खाग खरिदबिक्री गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले बताए ।

पक्राउ पर्नेहरूमा चितवनका रोशन घिमिरे र युवराज घिमिरे तथा धादिङका वीरेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा खाग बरामद भएको हो ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।




