Comments Add Comment

Advertisment

SKIP THIS

सनराइज बैंकद्वारा सुदूरपश्चिमको चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

सनराइज बैंकले सुदूरपश्चिमको भीमदत्त पन्त राजमार्गअन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा प्रहरी बिट निर्माण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी प्रहरी बिट निर्माण गरेको हो। जेठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका थिए।

चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडेका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मसिंह बिष्ट र वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको थियो।

साथै, बिहीबार आयोजित डडेल्धुराको सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष टंकबहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टकोे उपस्थितिमा प्रहरी बिट हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै