Comments Add Comment

Advertisment

SKIP THIS

मोरङको उर्लाबारीबाट लागूऔषध खैरो हेरोइन सहित प्रहरीले दुई जनालाई पक्राउ

विराटनगर, प्रहरीले मोरङको उर्लाबारीबाट लागूऔषध खैरो हेरोइन(ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार उर्लाबारी नगरपालिका– ४ बक्राहा खोला किनारबाट स्थानीय सन्जय प्रधान र उर्लाबारी नगरपालिका– ४ किसान चौकबाट अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो ।

बक्राहा खोलाको पुलको मलामी चौतारी नजिकबाट प्रधानले चलाएको मे ५ प ८८२४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो ।

मंगलबार दिउँसो किसान चौकबाट प्रदेश १–०२– ०५०प ५४४४ का अर्जुन श्रेष्ठलाई २ ग्राम ४९० मिलिग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै