Comments Add Comment

Advertisment

SKIP THIS

फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठग्ने सुरेशकुमार पाख्रिनलाई प्रहरीले पक्राउ

काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दोलखा बैतेश्वर नगरपालिका-३ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन पक्राउ परेका हुन् ।

 

उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै प्रत्येक व्यक्ति १७ लाख रुपैयाँ लाग्ने र पुगेपछि मासिक एक लाख तलब हुने विश्वास दिलाएका थिए ।

त्यसरी पटकपटक गरी पीडितहरूबाट ४० लाख लिएर सम्पर्कबिहीन भएका पाख्रिनलाई मंगलबार ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान गर्न वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै