Comments Add Comment

Advertisment

SKIP THIS

अनलाइनमार्फत ठगी गर्ने धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सप्तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमति बिना पीडितकै मोबाईल लिएर मोबाईल बैंकिङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै