Comments Add Comment

Advertisment

SKIP THIS

रास्वपा सांसद सोविता गौतमले चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरिन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विवाह गरेकी छिन्। उनले जेठ ७ गते विवाह गरेकी हुन्।

संघीय सांसद सोविताले चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेको उनको सचिवालयले जनाएको छ। विवाहका तस्बिर भने दुवै पक्षले अहिलेसम्म सार्वजिनक गरेका छैनन्।

सोविता काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। २८ वर्षीया सोविताले संसदमा आफ्नो उपस्थिति पनि प्रभावशाली रुपमा देखाउँदै आएकी छिन्।

सोविता र गृहेन्द्र केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। गृहेन्द्र हिमालयन बिल्डर्स र गिस्मा ब्रोडकास्टिङमा आबद्ध छन्। सोविता अहिले जापानमा छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै