Comments Add Comment

Advertisment

SKIP THIS

सबिता कार्कीको निमार्तामा बन्दै टेलीश्रृखंला `शिला´

दुर्गा खवासको निर्देशनमा पारिवारिक टेली चलचित्र ‘शिला’ बन्ने भएको छ। पारिवारिक कथामा बन्ने टेली चलचित्र ‘शिला’ ५२ भागको निर्माण गर्ने लक्ष्य सहित सहित शुक्रवार शुभमुहर्त गरिएको छ।

काठमाडौँको भद्रकाली मन्दिरमा पुजा गर्दै टेली चलचित्रको मुहर्त सम्पन्न गरिएको छ। टेली चलचित्रको छायाँकन आइतवारबाट सुरु हुने निर्देशक दुर्गा खवास ‘हैराने’ ले बताए। सबिता कार्कीको लगानीमा बन्ने टेली चलचित्र ‘शिला’मा कार्की नै मुख्य भुमिकामा देखिने छिन्।

दुर्गा खवास ‘हैराने’ को लेखन तथा निर्देशनमा बन्ने टेली चलचित्रमा सबिता कार्की लगायत छिरिङ्ग लामा,पवि अर्याल,कृष्ण खड्का,कमल सुशान्त केसी,रमेश ढकाल,कृष्ण कुमारी खड्का,देव आचार्य,अर्जुन कार्की,बिश्व मुखिया,दिप श्रेष्ठ,अनिता बराम र श्रेया नेपालको अभिनय रहनेछ।

देवराज आचार्यको छायाँकन रहने टेली चलचित्रको छायाँकन काठमाडौँ आसपासमा नै हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै