Comments Add Comment

Advertisment

SKIP THIS

१४ दिने शिशुको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ

काठमाडौं– १४ दिने शिशुको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ घर भएका २५ वर्षीय नुर आलम अन्सारी रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ चन्द्रागिरिस्थित ढुंगेअड्डाबाट पक्राउ गरेको हो।

जेठ १४ गते अन्सारीले आफ्नै नवजात शिशु तथा छोराको हत्या गरेकाले पक्राउ गरी पठाउने भन्दै बारा प्रहरीले पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।

उनले आफ्नो १४ दिनको छोराको हत्या गरी फालेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै