Comments Add Comment

Advertisment

SKIP THIS

सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले निजी क्षेत्रलाई समस्या भयो : चन्द्र ढकाल

२५ जेठ ,काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिएपनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए । उनले लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताए ।

उनले साना कुरामा पनि झन्झट व्यहोर्नुपरेको भन्दै क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको बताए । उनले लगानीको वातावरण नहुँदा लगानीकर्तामा निराशा उत्पन्न भएको बताए ।

उनले निजी क्षेत्रका फाइलहरु सरकारी कार्यालयबाट अघि बढ्न नसक्दा निजी क्षेत्रलाई थप लगानीका कुरामा समस्या भएको बताए । उनले भने, ‘हामीलाई प्राप्त प्रकृतिले नै दिएका अथाह सम्भावनाहरुमा लगानीका लागि सरकारले लगानीकर्ताहरुलाई आग्रह गर्दछ । तर हामी लगानीकर्तासँग भने कतिपय तीता अनुभवहरु पनि छन् । निजी क्षेत्रसँग सहकार्य गर्ने तथा लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन सकेको छैन । हामीलाई कागजी प्रक्रिया र कुनै कारण नभएपनि सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले त्यत्ति नै सताइरहेको छ । मौलाकाली केबलकारको कागजी प्रक्रिया मिलाउन धेरै समय लाग्यो । साना कुरामा पनि क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन सकेको छैन । यस्तो भएपछि लगानीकर्तामा निराश उत्पन्न हुन्छ । यो समग्र निजी क्षेत्रको समस्या हो । लगानीमैत्री वातावरणका लागि पहल गर्नुपर्छ ।’

रुपन्देहीलाई लुम्बिनी प्रदेशकै आर्थिक राजधानी बनाउने जनताको चाहनालाई लुम्बिनी केबलकारले पूरा गर्ने विश्वास रहेको पनि उनले बताए । चीन र भारतको जनसंख्यालाई मध्यनजर गरी पर्यटन नीति बनाउनसके पर्यटक खोज्न भौँतारिनु नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै