Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित बाँकेबाट उमाकन्त गुप्तालाई सशस्त्र प्रहरीले पक्राउ

बाँके: जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट श्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले बिहिबार नियन्त्रणमा लिएको छ ।

नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाँउपालिका ४ साहपुरुवा बस्ने ३५ बर्षिय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै