२८ जेठ , काठमाडौ । आर्थिक वर्ष २०८०र८१ बजेटमाथिको छलफल सकिएको छ ।
प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम अनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए ।
आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।


