४ श्रावन,काठमाडौ । नेपाल सरकारले यही असारमा मात्र भण्डै कुल बजेटको २९ प्रतिशत विकास खर्च असारमा मात्र खर्च गरेको छ ।
हुन त यो रोग विगतका वर्षहरुमा पनि थियो । तर अहिले धेरै नै देखिएको छ । आर्थिक वर्षको अन्त्यमा हतार हतारमा गरिएका यस्ता कामले गर्दा सडक पिच गर्दा पाँच दिन नपुग्दै भत्किएको छ । पाल्पाको तिनाउँ गाउँपालिका–३ दोभानमा असार २८ गते झरी परिरहेको समयमा पिच गर्दा त्यसको चार दिन नपुग्दै पिच चोइटिएर सवै वाहिर निस्किएको कुरा स्थानीयले बताएका छन् ।
उक्त सडकको निर्माण कार्य जीवन कन्स्ट्रक्सनले गरेको बुझिएको छ । जव पर्यो राती तव बुढी ताती भन्ने नेपाली उखान नेपालको असारे विकासमा देखिने कुरा नौलो होइन तथापी परिणाम कति भन्ने नै हो । यो रोग केन्द्रदेखि स्थानीय निकायसम्म लागु भएरै छोड्छ । अहिले केही स्थानीय जनप्रतिनिधिहरु अबैध रुपमा खोलाको गिटी र बालुवा ओसार पसार गर्नमा ब्यस्त देखिन्छन् ।
तर स्थानीय निकायमा न त पत्रकारिता क्षेत्रको नजर पर्दछ , न त स्थानीय बासिन्दालाई यस सम्बन्धमा मेसोमेलो छ । केही प्रतिकार गरौं भने उल्टो ज्यान मार्ने धम्कि आउँछ भन्छन् ।
त्यसैले जवसम्म मिडियाले स्वच्छ रुपमा स्थानीय निकायको काम कारवाहीवारे निगरानी गर्दैनन् तवसम्म सरोकारवाला निकायले यस्ता अवैध धन्दा अघि बढाइ नै रहन्छन् । तर सडक विभागका महानिर्देशक रामहरी खतिवडाले पानी परिरहेको समयमा कालोपत्रे नगन७त्रगयतर्स भन्ने आदेश दिएका छौं तर मान्दैनन् भन्छन् । उसो त त्यस्ता कर्मचारी तथा ठेकेदारलाई किन कारवाहीको दायरमा ल्याइँदैन त ७तिस स्थानीयको गुनासो रहेको छ ।
तसर्थ देशका हरेक क्षेत्रका यस्ता बेथिति, बिकृति र बिसङ्गतिहरु उजागर गरी यसलाई सतहमा ल्याउने र सम्बन्धित नकायले कारवाहीको दायरामा ल्याउने हो भने यो समस्याको समाधान त्यसै निस्किन्छ । अन्यथा पहिलाको उखान राजाको काम कहिले जाला घाम भनेजस्तो झारा टार्ने प्रबृत्ति मौलाएको हो भने कसले कसलाई किन नियन्त्र गर्ने र को किन अनुशासनको परिधिमा वस्नुपर्ने !