३१ जेठ , काठमाडौं । ३ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित झापा दमक उपमहानगरपालिका-९ घर भएका २७ वर्षीय संजय लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १९२७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ व्यक्ति उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ राधाकृष्ण मन्दिर नजिकबाट १० ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ र ५ हजार भारतीय रुपैयाँ सहित भारत घर भएका २६ वर्षीय जसबिन्दर सिहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


