२० मंसिर, काठमाडौ । महानगरीय प्रहरी परिसर टेकुले चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरको विशेष टोलीले खोजतलास गर्ने क्रममा जिल्ला नुवाकोट विदुर नगर पालिका १३ घर भई हाल काठमाडौ महानगरपालिका ३ वसुन्धारा रहदै आएका वर्ष ३८ को कुमार भन्ने तेज वहादुर मगरलाई बाइस लाख उनानब्बे हजार दुई सय उन्नाइस सहित प्रहरीले पक्राउ गरीएको हो ।

उक्त तेज बहादूर मगरलाई पक्राउ गरी सम्मानीत जिल्ला अदालत काठमाण्डौ उपस्थित गराइएको जानकारी आएको छ । थप अनुसन्धान कार्य भइरहेको छ ।



