Comments Add Comment

Advertisment

SKIP THIS

अल्मुताइरी : नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग आग्रह

२१ साउन , काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत सरकारले खेलाडीका लागि केही नगर्दा विदेश पलायन हुने गरेको भन्दै उनीहरुका लागि सरकारले केही गरिदिन आग्रह गरेका छन् ।

नेपाली खेलकुदको भविष्य जोगाउनको लागि तुरुन्तै ५ देखि ७ जनासम्मको टोली बनाउन खेलकुदमन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई उनले अपिल गरेका छन् ।

उनले लेखेका छन्, ‘म आफ्नो भविष्य राम्रो बनाउन नेपाल छोडेर विदेश गएका खेलाडीलाई दोष दिन्न । म नेपाल सरकारसँग नेपाली खेलकुदको भविष्य बचाउन विनम्र अनुरोध गदर्छु ।’

पछिल्लो समय नेपाली राष्ट्रिय खेलाडीहरुको विदेश पलायन संख्या बढ्दै गएप्छि उनले यस्तो आग्रह गरेका हुन् । पछिल्लो तीन महिनमा फुटबलका १० भन्दा बढी खेलाडी विदेशिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै