१ फागुन, काठमाण्डौं । विशेष कारण देखाउँदै प्रतिनिधि सभाको बैठक पुनः सारिएको छ ।
विभिन्न चरणमा बैठक स्थगित गर्दै भोलिका लागि बोलाइएको थियो । तर संसद सचिवालयले एक सूचना जारी गर्दै फागुन ४ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषय पेचिलो बन्दै गएपछि सभामुखले बैठक निरन्तर सार्दै आएका हुन् । गत पुस ७ गते यता प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदबाट एमसीसी परियोजना पारित गर्ने तयारी गरिरहेका बेला सभामुखले बैठक स्थगित गरेका हुन् ।






