Comments Add Comment

Advertisment

SKIP THIS

जब उमेर हद हटाइएको विषयमा ओली बोल्न मानेनन्

२८ जेठ , काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको विधानबाट उमेर हद हटाइएको विषयमा बोल्न मानेनन्।

आइतबाट नेपाल कला परिषद्मा भइरहेको चित्र प्रदर्शनी अवलोकनका लागि पुगेका अध्यक्ष ओलीलाई पत्रकारहरूले उमेर हद निलम्बन गरिएको विषयबारे जिज्ञासा राखेका थिए।

‘एमालेमा उमेर हद हटाएपछि तपाईंलाई पुनः अध्यक्ष हुने बाटो खुल्यो भन्ने छ, यसबारे के भन्नुहुन्छ,’ पत्रकारले सोधेको थिए। तर, त्यसबारे कुनै जवाफ नदिई अध्यक्ष ओली ‘यी चित्र राम्रा छन्’ भन्दै पन्छिएका थिए। पार्टीको दसौं महाधिवेशनबाट पारित विधानको धारा ८९ मा ७० वर्ष उमेर पूरा गरेपछि कुनै पनि कार्यकारी कमिटीमा बस्न नपाइने व्यवस्था थियो।

त्यो व्यवस्था १० औं महाधिवेशनबाट निर्वाचित हुँदाका बखत लागु नहुने तर अधिवेशनपछि कार्यकारी कमिटीमा बस्न उमेर हद लाग्ने थियो।

तर, गत जेठ १९ गते बसेको सचिवालय बैठकले तत्कालका लागि त्यो व्यवस्था निलम्बन गरेपछि एमालेकै नेता कार्यकर्ता रूष्ट बनेका छन्।

पार्टीका नेताले नेकपा एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेसहितका नेतालाई कमिटीमा जिम्मेवारी दिन विधानका धारा १०१ अनुसार बाधा अड्काउ फुकाएको बताएका छन्।

तर, त्यो अधिकार केन्द्रीय कमिटीसँग मात्रै हुने भन्दै एमालेकै नेता–कार्यकर्ताले विरोध जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै