Comments Add Comment

जनकपुर यातायात व्यवस्था कार्यालयबाट प्रहरीले बिचौलिया सुवास राउतलाई पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ। प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउत पक्राउ गरेका हुन्।

 

यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूसँग काम छिटो छरितो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी उनलाई बिहीबार २ बजे पक्राउ गरेको हो ।

यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै