Comments Add Comment

Advertisment

SKIP THIS

नेदरल्याण्डलाई पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं: नेदरल्याण्डलाई पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–९ घर भएका ३० वर्षीय बलराम थापा मगरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार बत्तिसपुतलीबाट पक्राउ गरेको हो ।

 

मगरले टिकाजंग कार्कीलाई ‘वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिन्छु, डेढ लाख तलब हुने सेल्स मेनमा जागिर लगाइदिन्छु’ भन्दै २६ पटक–पटक गरी २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

वैदेशिक रोजगार विभागको आग्रहमा प्रहरीले मगरलाई सोमबार बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले थप अनुसन्धान गर्न वैदेशिक रोजगार विभाग पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै