Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी परिवारलाई आइएमई ग्रुपले दियो चन्द्रागिरि, मौलाकाली र लुम्बिनी केबलकारमा छुट

काठमाडौं: आइएमई ग्रुपअन्तर्गतका चन्द्रागिरि हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केबलकारको टिकट मूल्यमा छुट दिने भएका छन् । सशस्त्र प्रहरी बलसँग तीनवटै केबलकार कम्पनीहरूले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौताअनुसार बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, आश्रित परिवारहरू साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ ।

सशस्त्र प्रहरीको कल्याणकारी योजनाअन्तर्गत भएको यो सम्झौताबमोजिम छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचयपत्र, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीले पेन्सनपट्टा तथा आश्रित परिवारले नाता प्रमाणित कागजात देखाउनुपर्ने जनाइएको छ ।

सम्झौतामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण कँडेल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक सञ्जीव थापाले हस्ताक्षर गरेको जनाइएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, आइएमईअन्तर्गतको वेस्ट रिसोर्टका निर्देशक अभिषेकविक्रम शाहलगायतको उपस्थिति रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै