Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले गर्ने अनुसन्धानमा सरकारको हस्तक्षेप छैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि अनुसन्धानमा तथ्य प्रमाणका आधारमा प्रकाउ गर्ने बताएका छन् ।

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप नगरेको बताए।

 

गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताए। कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उनले बताए ।

अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै