बिहानीको सुस्केरामा अल्झियौकी तिमी
पखेरीको पछ्यौरीमा बल्झियौंकी तिमी
मझेरीमा लुटुपुटु गर्दै लिन आउँछु भन्थ्यौ
बिहानीको डाँकसगै भेटन आउछु भन्थ्यौ
तिमी आउने आशालाई जोगाएर राखेँ
बाटोभरी आखाँहरूलाई छरेर राखेँ।
पखेरीमा हिडदा कतै बिझाँएकी काँडा
गोरेटोमा हिडदा कतै चिप्लिएकी खुट्टा
दोबाटोमा आँखाहरु बिछ्या्एर राखेँ
तिमी आउने आशालाई जोगाएर राखेँ
बाटोभरी आखाँहरूलाई छरेर राखेँ।
ऋतुहरूले आफ्नो बाटो फेरि सके आज
पंन्छीहरूले आफ्नो भाषा फेरि सके आज
बिर्सियौकी आज आफ्नै पाखा पखेरूलाई
भूल्यौकी आजआफ्नै चौतारीको दोहोरीलाई
तिमी आउने आशालाई जोगाएर राखेँ
बाटोभरी आखाँहरूलाई छरेर राखेँ।
बिराँएकी केही फेरि बिर्सियौ्की आज
आफ्नै बाँचा आफैले भुलायौकी आज
आखाँहरू अन्तकतै भूलेछनकी फेरि
मनहरू यत्रतत्र फेरिएछनकी फेरि
तिमी आउने आशालाई जोगाएर राखेँ
बाटोभरी आखाँहरूलाई छरेर राखेँ।।






