Comments Add Comment

Advertisment

SKIP THIS

भारतको गौरीकुण्डमा पहिरो : तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता

२० साउन , काठमाडौ । भारतको केदारनाथ धामको गौरीकुण्डमा गएको पहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ। पहिरोमा परेर नेपाली १३ जनासहित १९ जना बेपत्ता भएका छन्। लगातारको वर्षाका कारण चट्टान खसेको जानकारी राति पाएपछि उद्धारको लागि टोली प्रभावित क्षेत्रमा पुगे पनि अध्यारोका कारण उद्धारमा कठिनाइ भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा भनिएको छ।

स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको जनाएको छ। सो अनलाइनमा बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment