Comments Add Comment

Advertisment

SKIP THIS

गृहमन्त्रालयले जाजरकोट र अछाममा नयाँ सीडीओ पठायो

काठमाडौं । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ।

मन्त्रालयले जाजरकोटमा उपसचिव सुरेश सुनार र अछाममा उपसचिव शरदकुमार पोखरेल सीडीओको जिम्मेवारी तोकेको हो ।

 

सुनार मोरङमा सहायक सीडीओका रूपमा कार्यरत थिए । बाँकेमा सहायक सीडीओ तथा डोल्पा र बझाङमा सीडीओ भैसकेको अनुभव उनीसँग छ । यसअघि जाजरकोटमा सीडीओको पद रिक्त थियो ।

आछामका सीडीओ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेका थिए ।

पोखरेललाई मुगु र दार्चुलाको सीडीओ भैसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशकसमेत भैसकेका छन् ।

उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक सीडीओ भएर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै