पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुद्वारा प्रदर्शन -
Comments Add Comment

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुद्वारा प्रदर्शन

३१ साउन ,काठमाडौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।

निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले सिद्धार्थ राजमार्गको बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीलाई सहुलियत देउ, महँगी घटाऊ‚ नागरिकलाई बाँच्न देऊलगायतका नारा र प्लेकार्डसहित बिहान ८ देखि एक घण्टा चक्काजाम गरेका थिए । सरकारले बुधबार प्रेटोलमा ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा १४ रुपैयाँ वृद्धि गरेको छ ।

सरकारले पेट्रोल र डिजेलको मूल्य नघटाएसम्म आन्दोलनका कार्यक्रम निरन्तर गरिरहने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै