Comments Add Comment

Advertisment

SKIP THIS

बालिकालाई बलात्कार गरी फरार रहेका नौ जना मध्ये तीन जनालाई पक्राउ

डोल्पा । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जना मध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

फरार मध्य जगदुल्ला गाउँपालिका–५ माझ गाउँ बस्ने वर्ष २९ का धर्मराज बोहरा सल्यान कुमाख गाउँपालिका–५ काला गाउँ बस्ने वर्ष २० का रेसम राणा र जाजरकोट कुशे गाउँपालिका–९ का २१ वर्षीय कृष्ण बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

गत फागुन महिनामा युवाहरूले बालिकालाई सामूहिक बलात्कार गरेपछि पीडित पक्षले २०८० साउन २६ गते प्रहरीमा दिइएको किटानी जाहेरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै