काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार सम्हालेका छन्।
शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि श्रेष्ठले रामशाह पथमा रहेको सर्वोच्च अदालतमा आएर श्रेष्ठले पदभार सम्हालेका हुन्।
सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीले उनको स्वागत गरेका थिए।
श्रेष्ठ १३ महिना प्रधानन्यायाधीश पदमा बहाल हुनेछ।
संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो।


