काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा झिकाइएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।
अधिकारीले सुन प्रकरणमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमार्फत् संवाद गरेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो।
‘उहाँमाथि प्रश्न उठेकाले थप सोधपुछ गर्न गृह मन्त्रालय तानिएको हो । गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो।



