Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको बुढानिलकण्ठबाट प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठ रहेका छन्।

उनलाई प्रहरीले भदौ ८ गते पक्राउ परेको हो। उनको साथबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र ९ एमएनको चार राउण्ड गोली, पेस्तोलको म्यागेजिन एक थान र डिजिटल पकेट सेल लेखिएको डिजिटल तराजु एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै एसएसपी भुपेन्द्र बहादुर खत्रीले बताए ।

एसएसपी खत्रीका अनुसार पक्राउ परेका श्रेष्ठ गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न भएको पाइएको छ।

चावहिल गर भइ कपनमा डेरा गरी बस्ने श्रेष्ठ यसअघि रामेछापका चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियारले प्रहार गरी २०६७ सालमा ज्यान मार्ने मुद्दामा कारागार चलान भइ पाँच वर्ष कैद भुक्तान गरेर २०७१ मा कैद मुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै