Comments Add Comment

Advertisment

SKIP THIS

रथयात्राको क्रममा भिडभाडको फाइदा उठाउने आपराधिक क्रियाकलापमा संलग्न ५६ जना पक्राउ

मोरङ । प्रभावकारी प्रहरी परिचालनको कारण राधाकृष्ण रथ यात्रा मर्यादित एवम् सुरक्षित रूपमा सम्पन्न भएको छ ।

विराटनगरमा आयोजित रथयात्राको क्रममा भिडभाडको फाइदा उठाउने र विगतमा समेत विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका ४६ जना पुरुष र १० जना महिला (१९ जना नेपाली, ३७ जना भारतीय) समेत गरी जम्मा ५६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएकोमा अनुसन्धान पश्चात् ५१ जनालाई आफन्तलाई जिम्मा लगाइएको छ ।

मोबाइल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका र महिलाहरूको ब्याग तथा पकेटमा हात हाल्दै गरेको अवस्थामा पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता एवं सूचना अधिकारी रञ्जन कुमार दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै