Comments Add Comment

Advertisment

SKIP THIS

झापाको छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर – झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिनको ४ बजे ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

यसै गरी हिजै सोही समयमा झापाकै बिर्तामोड नगरपालिका १ कंचनजंघा टोल स्थित बिमला होटल एण्ड लज संचालन गरि बस्ने होटल संचालिका ४० बर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका ७ को २९ बर्षीय रुजन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको सुचना प्राप्त भई ईलाका प्रहरी कार्यालय अनामनी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै