Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जनालाई टेकु प्रहरीले पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाबुलाल दोङ, जगत लामा र मिङमा दोर्जे स्यान्तान रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ९६० ग्राम सुनसहित पक्राउ गरेको हो।

सोमबार दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङ भन्ने व्यक्तिले भन्सार छली अबैध सुन लुकाई छिपाई ल्याएको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको बिशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल बाहिर सार्वजनिक सडक खण्ड पेटी किनारमा हिड्दै गरेको अबस्थामा फेला पारी तत्काल उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई सोध पुछ गर्दा सुन मलद्वारमा लुकाई छिपाई ल्याएको भनी खुलाएकोले निज ब्यक्तिलाई प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन जस्तो पहेलो धातु मलद्वारमा फेला परेको हुँदा बरामद गरी निजलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान कार्य भईरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै